आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

गल्छि गाउँपालिका ६ स्थित चिरौदीमा दुर्घटना हुदा दुई जनाको ज्यान गयो

२०७९ श्रावण ३१, मंगलबार मा प्रकाशित ( ३ साल अघि) ३७४९ पटक पढिएको
नारी बाटिका


धादिङ- धादिङको गल्छि गाउँपालिका ६ चिरौदी पुल स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुदा दुइ जनाको मृत्युभएको छ । गयराति चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्वल बोकेको ट्रेलरले बागमती प्रदेश–०१–०२५च ७८७२ नम्बरको जिपलाई ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक रमेश थापाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा जीपमा सवार ज्वालामुखी गाउँपालिका वडा नम्बर १ धादिङका ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोहि स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।

दुर्घटनामा परी घाइते बनेका ट्रेलरका चालक र सहचालकको उपचारपछि उनीहरु प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस