आज:  | Mon, 20, Jan, 2025

धादिङमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने

२४ भाद्र २०७९, शुक्रबार २०:१७ मा प्रकाशित ( २ साल अघि) ९४५ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि देविघाट देखि धादिङबेशी र जहरे सवस्टेशनसम्म प्रशारण गरिएको ३३ के.भि लाइनको बुद्धसिङघाट देखि तारुकाघाट सम्ममा लाइन पेट्रोलिङ, मर्मत सम्भार तथा लाइन आसपास रहेका वास, घाँस तथा रुखका हागाविगा हटाउने कार्य गर्नुपर्ने भएकोले बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।
उक्त समयमा धादिङबेशी जहरे तथा सल्यान्टार सबस्टेशनबाट सप्लाई हुने क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने सूचनामा भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस