आज:  | Fri, 28, Mar, 2025

राजनैतिक आडमा हिंसा पिडित महिलाहरु झनै पिडामा छन् : जया घिमिरे

२९ भाद्र २०७९, बुधबार २३:३३ मा प्रकाशित ( २ साल अघि) ३२४७ पटक पढिएको
नारी बाटिका


धादिङ -राजनैतिक आडमा पहुँचको आडमा हिंसा पिडित महिलाहरु झनै पिडामा पर्ने गरेको राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरेले बताउनुभएको छ । दाईजोको नाममा, छोरा नजन्माएको नाममा, सम्पत्तीको नाममा, जातियताको नाममा लगायत विविध कारणले महिलाहिंसा भईरहेको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगको आयोजना तथा जिल्ला समन्वय समिति धादिङको सम्वनयमा धादिङवेशींमा भएको महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक, राजनैतिक क्षेत्रका युवाहरुसँग अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । जब सम्म सोचमा परिवर्तन हुँदैन तव सम्म महिला हिंसामा कमी नआउने राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरेले बताउनुभएको छ ।

कानूनमा महिला हिंसा गर्नेलाई हदैसम्मको दण्ड सजायको व्यवस्था भएपनि कार्यन्वयनमा भने नदेखिएको उहाँले बताउनुभयो । कानूनले मात्रै नभई आम नागरिकको सोंचमा परिवर्तन आउनुपर्ने बताउनुभयो । नेपालका विभिन्न क्षेत्रमा भएको महिला हिंसाका उदाहरण दिदैं उहाँले संविधानमा कानून बनेपनि कार्यन्वयनमा भने समस्या रहेको बताउनुभयो । दिनहुँ बढिरहेको महिला हिंसाका घटना निवारणको लागि राजनैतिक दल, स्थानिय सरकार, संञ्चार माध्यम, संघ संस्थाले अहम भुमिका खेल्नुपर्ने उहाँको भनाई थियो ।
अहिले राष्ट्रिय महिला आयोगमा दैनिक ३० भन्दा बढि महिला हिंसाका उजुरी आउने पनि उहाँले बताउनुभयो । सरकारले लैंङ्गिक हिंसामा परेकाहरुलाई ्आश्रय स्थल बनाउनुपर्ने ठाउँमा केही संघसंस्थाले आफ्नो खर्चमा त्यस्ता पिडितहरुलाई आश्रय दिएर सरकारको काम गरिरहेको देख्दा खुशी लागेको बताउनुभयो । यस्ता आश्रय स्थललाई दिर्घकाल सम्म संञ्चालनको लागि राष्ट्रिय महिला आयोगले छुट्टै निति तयार गरिरहेको उहाँको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस