
नारी बाटिका
धादिङ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा धादिङका सत्तारूढ दलका युवा संगठनहरुले आज संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।
आज प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल मार्फत् राष्ट्रपतिको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । राष्ट्रपतिको गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघिय संसदको घोर अपमान र अवमूल्यन भएको ज्ञापनपत्रमा भनिएको छ ।
संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नेपालीहरू नागरिकता प्रमाणपत्र पाउने संवैधानिक हकबाट बञ्चित भएको र संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मान्यतामा गम्भीर प्रहार भएको उल्लेख छ ।
आज नेपाल तरूण दल, योङ कम्युनिष्ट लिग र युवा संघ नेपाल, धादिङले संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको हो ।








प्रतिक्रिया दिनुहोस