आज:  | Thu, 27, Mar, 2025

ज्वालामुखी ३ मा रहेको शमिभन्ज्याङ मा.वि मा चाडपर्व विशेष शुभकामना आदान प्रदान

९ आश्विन २०७९, आईतवार १९:१३ मा प्रकाशित ( २ साल अघि) २९५९ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मा रहेको शमिभन्ज्याङ माध्यामिक विद्यालयमा चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आज विद्यालय बाल क्लबको आयोजना तथा विद्यालयको सह आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश श्रेष्ठले दशैको शुभकामना दिनुहुँदै भड्किलो तवरले चाडपर्व नमनाउन सम्पुर्ण वडावासिहरुलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस