
धादिङ २० साउन ।
केही दिनअघि भएको नेपाल चिकित्सक संघले अस्पतालमा सेवा बन्द गरी आन्दोलनको समयमा निजी अस्पतालमा सरकारी सवारी लिएर गएको भन्ने आरोप लागेका डा.रायलाई सरकारले कान्ति बाल अस्पतालको जिम्मेवारीबाट हटाएको छ ।
डा.रायको स्थानमा सरकारले डा.रामहरि चापागाईँलाई निर्देशकमा नियुक्ती गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सोमबार डा.रायको स्थानमा एघारौँ तहका चिकित्सक डा. रामहरि चापागाईँलाई कान्ति बाल अस्पतालको नयाँ निर्देशकमा नियुक्ती गरेको हो ।
कान्तिको नेतृत्व परिवर्तन गर्दै सरकारले डा.रायमाथि अघि बढाएको स्पष्टीकरण प्रक्रिया भने जारी रहने मन्त्रालयको एक स्रोतले जनाएको छ।
यसअघिका कान्ति बाल अस्पतालका निर्देशक डा.रायमाथी गत साता नेपाल चिकित्सक संघले सेवा बन्द गरेको आन्दोलनको समयमा सरकारी सवारीसाधन प्रयोग गरी निजी अस्पतालमा गएको आरोप लागेको छ ।
उक्त घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डा.रायसँग लिखित स्पष्टीकरण समेत मागी सकेको छ भने सो्ही आरोममा मन्त्रालयल लिखित तथा मौखिक े“स्पष्टीकरणसहित उहाँलाई जिम्मेवारीबाट मुक्त गरिएको हो।












प्रतिक्रिया दिनुहोस