
धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौलाबजारमा रहेको भैरवी माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।
विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जना महिला र २७ जना पुरुष गरि ५४ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विजय दशमी, शुभ दिपावली, नेपाल संम्वत ११४३ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा कक्षा ११ का विद्यार्थीलाई स्वागत, साथै १२ कक्षाका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । विद्यालयले आयोजना गरेको रक्तदानमा रेडक्रस धादिङको प्राविधिक सहयोग रहेको थियो ।












प्रतिक्रिया दिनुहोस