आज:  | Fri, 17, Jan, 2025

जिल्ला प्रहरी कार्यालय धादिङ द्धारा चाडपर्र्व लक्षित गरि यात्रु सहायता कक्ष स्थापना

१० आश्विन २०७९, सोमबार २२:५५ मा प्रकाशित ( २ साल अघि) ७७१ पटक पढिएको
नारी बाटिका


धादिङ – जिल्ला प्रहरी कार्यालय धादिङले दसैँ, तिहारलाई लक्षित गरि यात्रु सहायता कक्ष स्थापना गरेको छ । आज कार्यालयले जिल्लाका ६ स्थानमा यात्रु÷नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

नजिकिदै गरेको नेपालीहरुको महानचाड बडादशै‚ दिपावली तथा छठ पर्वमा हुने यात्रुको चाप,सवारी साधन चाप बढ्दै जाने बसपार्क, बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड‚ बढी भाडा लिने‚ यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्काको तत्काल सुनुवाई गरी समस्या समाधान गर्ने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीले निलकण्ठ नगरपालिका–३ स्थित पुछारबजार‚ वेनिघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार, गजुरी गाउँपालिका–१ स्थित गजुरी वजार, गल्छी गाउँपालिका–७ स्थित गल्छिचोक, थाक्रे गाउँपालिका– ६ स्थित महादेववेशी र धुनिवेसी नगरपालिका–८ स्थित खानिखोलामा यात्रु÷नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस