आज:  | Thu, 25, Apr, 2024

पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु

३० आश्विन २०७९, आईतवार १४:०६ मा प्रकाशित ( १ साल अघि) १८६ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं – पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङमा भाग लिएका त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्य भएको हो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि बिहान १२ः४५ मा पोखरास्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिहान ११ः३० बजे पोखराको सराङ्कोटमा क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अबस्थामा ब्लु स्काई कम्पनिको प्याराग्लाईडिङ आकाशमा उडिरहेको अबस्थामा अकस्मात १०० मिटर माथीबाट सारङकोट स्थित जमिनमा खसेको थियो ।

गण्डकी प्रदेशको विभिन्नि स्थानमा जारी नवौं राष्ट्रिय खेलकुदमा कुल ९ हजार जनाको विमा गरिएको छ । जसमध्ये सहभागि ६ हजार १ सय ५७ र बाँकी खेलाडी प्रशिक्षक, पत्रकार तथा खेल व्यवस्थाप लगायत अन्य रहेका छन् । जसमा एउटा खेलाडीको विमा रकम १० लाख तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस