आज:  | Fri, 26, Apr, 2024

प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

३० आश्विन २०७९, आईतवार १६:२६ मा प्रकाशित ( १ साल अघि) १५० पाठक संख्या
नारी बाटिका


काठमाण्डौ –सरकारले देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षाको गम्भीर समस्या देखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि प्याराग्लाइडिङको उडान बन्द गर्ने निर्णय गरिएको महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

‘आज पोखरामा भएको दुर्घटनापछि मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेका छौँ’, अधिकारीले भन्नुभयो ।

प्राधिकरणले अब प्याराग्लाइडिङको उडानबारे सुरक्षाको नयाँ मापदण्ड जारी गर्ने तयारी पनि गरेको छ । नवौँ राष्ट्रिय खेलकुदको प्रतिस्पर्धाका क्रममा आज आइतवार बिहान प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली सेनाको तर्फबाट खेलेका निसिम थापाको ज्यान गएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस