आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

धादिङ क्षेत्र नं २ ख बाट स्वतन्त्र उम्मेदवारी दिनुभएकी देवी पाण्डे(बुर्लाकोटी) द्वारा उम्मेदवारी फिर्ता

२०७९ कार्तिक २, बुधबार मा प्रकाशित ( ३ साल अघि) ५८४३ पटक पढिएको
नारी बाटिका


धादिङ – आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस बाट धादिङ क्षेत्र नं २ ख मा स्वतन्त्र उम्मेद्वारी दिएकी धादिङकी देवी पाण्डे(बुर्लाकोटी) ले आफ्नो उम्मेद्वारी निष्क्रिय पारेको घोषणा गर्नुभएको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै बुर्लाकोटीले नेपाली कांग्रेस पार्टीको उम्मेद्वारी चयन प्रकृयामा अन्याय भएको महसुस गर्दै स्वतन्त्र उम्मेद्वारी दिएता पनि गठबन्धनको मर्म बुझ्दै पार्टीप्रतिको आस्थालाई मजबुत बनाउने संकल्पका साथ उम्मेद्वारी फिर्ता लिएको विज्ञप्तीमार्फत जानकारी गराउनुभएको छ ।

विज्ञप्तीमा आफू थप क्रियाशीलका साथ पार्टी र गठबन्धनका उम्मेद्वार विजयी गराउन लाग्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । धादिङ क्षेत्र नम्बर २ ख बाट गठबन्धनका साझा उम्मेद्वारका रुपमा नेकपा(माओवादी केन्द्र)का नेता जगत सिंखडा हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस