
धादिङ – १६ औं शिक्षक नायक गोष्ठी तथा २४ औं जुनियर युवा गोष्ठीको अवसरमा ३० जनाले रक्तदान गरेका छन् ।
गजुरी गाउँपालिका वडा नम्बर ८ स्थित किराञ्चोक माध्यामिक विद्यालयको परिसरमा शुक्रबार सम्पन्न भएको रक्तदान कार्यक्रममा २२ जना पुरुष र ८ जना महिला गरि ३० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेडक्र सोसाईटी किराञ्चोक उपशाखाको आयोजना, किराञ्चोक माध्यामिक विद्यालयको सह–आयोजना र नेपाल रेडक्र सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।












प्रतिक्रिया दिनुहोस