आज:  | Fri, 17, Jan, 2025

एमालेको घोषणा : महिलालाई स्यानिटरी प्याड किन्न वार्षिक १५ सय रुपैयाँ उपलब्ध गराउने

१५ कार्तिक २०७९, मंगलवार १६:३० मा प्रकाशित ( २ साल अघि) १३०३ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – नेकपा एमालेले देशभरीका महिलाहरुलाई गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिक रुपमा १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको घोषणा पत्रको ग्यारेन्टी नं १७ मा ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।

त्यसैगरी, एमालेले प्रसूति हुने सतप्रतिशत महिलाको गर्भअवस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य सस्थाबाट नियमित प्रसुति सेवा सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

ग्रामिण तथा दुर्गमका जोखिममा रहरेका सुत्केरी महिलाको निः शुल्क आपतकालिन उद्दार सेवा गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्स सेवा उपलव्ध गराइने पत्रमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस