आज:  | Thu, 16, Jan, 2025

गठबन्धनले जिते एक पालिका एक स्थानीय सङ्ग्रालय निर्माण गछौं : रमेश धमल

१६ कार्तिक २०७९, बुधबार १५:१३ मा प्रकाशित ( २ साल अघि) १६१९ पटक पढिएको
नारी बाटिका


धादिङ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै लोकतान्त्रिक–वाम गठबन्धनका दलहरूले चुनावी प्रचारप्रसार कार्यक्रमलाई तीब्र पारेको छ ।

गंगाजमुना गाउँपालिका वडा नं.४ मा लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी कार्यक्रममा बोल्दै नेपाली काँग्रेस धादिङका नेता रमेश धमलाले स्थानीय कला र संस्कृति झल्कने एक पालिका एक स्थानीय सङ्ग्रालय निर्माण गर्ने बताउनुभएको छ ।

त्यसैगरि नेता धमलाले सबै पालिकालाई कालोपत्रे सहित सडक संजाल जोड्ने, स्वतन्त्र उम्मेदवारले फैलाएको नराम्रो कुरालाई नजरअन्दाज गर्दै गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

गठबन्धनले मंगलबार गंगाजमुना वडा नम्बर ३ को गुम्दी र वडा नम्बर ५ फुलखर्कमा मतदाता भेटघाट कार्यक्रम गरेको थियो । धादिङमा गठबन्धनले निरन्तर चुनावी कार्यक्रम गर्दै आइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस