आज:  | Fri, 28, Mar, 2025

नेत्रावतीको धार्मिक र ऐतिहासिक धरोहरहरुको पुनर्निमाणमा जोड दिनेछु : रामनाथ अधिकारी

२८ कार्तिक २०७९, सोमबार १९:४३ मा प्रकाशित ( २ साल अघि) २१७९ पटक पढिएको
नारी बाटिका


धादिङ – निर्वाचन आउन अब ६ दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवारहरुले सोमबार नेत्रावती डबजोङ गाउँपालिकाका गाउँवस्तीहरुमा घरदैलो गरेका छन् । घरदैलोको क्रममा नेत्रावती डबजोङका मतदाताहरुले प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी र प्रदेशसभा २ का उम्मेदवार गोविन्द लम्साललाई आफ्नो गाउँवस्तीको समस्या पहिचान गराएका छन् ।

उम्मेदवारहरुले पनि मतदाताहरुको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । घरदैलोका क्रममा प्रतिनिधिसभाका उम्मेदवार रामनाथ अधिकारीले मठमन्दिर, गुम्बा, चर्च, कोटलगायतका धार्मिक र ऐतिहासिक धरोहरहरुको पुनर्निमाणलाई जोड दिने बताउनुभयो । पर्यटन पुर्वाधारको नयाँ गन्तव्य पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने बताउँदै अधिकारीले गाउँ पर्यटन, धार्मिक पर्यटन, जलपर्यटन, पर्वतीय पर्यटन र खेल पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार र क्षमता अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सबै नागरिकलाई भरपर्दो स्तरीय र शुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने आफुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । मतदाता भेटघाटको क्रममा प्रदेश २ का उम्मेदवा कांग्रेसका गोविन्द लम्सालले नेत्रावतीको मध्यपहाडी लोक मार्ग अन्र्तगत टोड्के, कटुन्जे, सेमजोङ लगाएतको सडकखण्ड कालोपत्रे गर्ने, पालिकामा एउटा कोल्ड स्टोर निर्माण गर्ने कामलाई आफुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

डबजोङ दरबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि नागरिकको जिवनस्तर उकास्ने लगाएतका कामलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने पनि लम्सालले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को चुनावी घरदैलोमा गठबन्धनमा आवद्ध दलहरुका नेता कार्यकर्ताहरु सभागी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस