आज:  | Tue, 21, Jan, 2025

गठबन्धनको घरदैलो सकेर धादिङवेसिमा पत्रकार सम्मेलन

१ मंसिर २०७९, बिहीबार २२:४५ मा प्रकाशित ( २ साल अघि) ९६३ पटक पढिएको
नारी बाटिका


धादिङ–आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारहरुको घरदैलो कार्यक्रम आजबाट सकिएको छ । धादिङ क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवारहरुले आज विहिबार धादिङबेसीमा कोणसभा गरी औपचारिक रुपमा घरदैलो कार्यक्रम सकिएको घोषणा गरेका हुन् ।

सदरमुकाम धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारहरुले घरदैलोका क्रममा गाउँगाउँबाट मतदाताको उत्साह पाएको बताएका छन् । स्थानीय सरोकारको भुमिकालाई जनअपेक्षा अनुरुप सुधार ल्याउने प्रतिवद्धता समेत व्यक्त गरेकोछन् ।

निर्वाचन आयोगले दिएको १७ दिनको समयावधिमा मतदाताहरु माझ उपस्थित हुने प्रयत्न गर्दागर्दै पनि समय छोटो भएकोले गर्दा भौतिक रुपमा भेट्न नसकेका मतदाताहरुलाई आफ्नो पक्षमा मत हाल्न उमेदवारहरुले आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनका क्रममा नेकपा एकिकृत समाजवादीका नेता गंगालाल तुलाधरले सामाजिक सञ्जाल, आमसञ्चारका माध्यमबाट जनताका माझ पुग्ने प्रयास ग¥यौं, जोसँग चाहेर पनि भेट्न सकेनौ उहाँहरु सँग क्षमा माग्दै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न अनुरोध गर्नुभएको छ ।

प्रचारप्रसारको आज अन्तिम दिन यस क्षेत्रका लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हामी आम मतदाताहरुलाई नमन गर्दै लोकतन्त्रको संरक्षण र देशको आर्थिक विकास लागि मतदान लागि अपिल गर्दै धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार रामनाथ अधिकारीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस