आज:  | Thu, 25, Apr, 2024

ऐतिहाँसिक महत्व बोकेको धार्मिक तिर्थस्थल नुवाकोट र रसुवा जिल्लाको सिमानमा बगेकी वेत्रावती नदी ।

१० पुष २०७९, आईतवार ०८:४५ मा प्रकाशित ( १ साल अघि) ५५४ पाठक संख्या
नारी बाटिका


धादिङ २०७९ पौष १०
ऐतिहाँसिक महत्व बोकेको धार्मिक तिर्थस्थल नुवाकोट र रसुवा जिल्लाको सिमानमा बगेकी वेत्रावती नदीमा हरेक वर्ष पौषे औंशीमा मेला लाग्ने गर्दछ । नेपालको तिर्थस्थल गंगास्नान गर्न जाने नदी मध्य गोसाँईकुण्ड को धेरै महत्व रहेको छ गोसाँईकुण्ड बाटै कलकल बगी आएकी स्वच्छ नदी,रसुवा जिल्लाको सिमाना बाट बगेकी वेत्रावती नदी र भारतको उत्तरगयाबाट उत्तर हुंदै बगी आएकी ३ नदी को संगम मिसिएर त्रिशुली नदी बनेको छ । यस त्रिशुली नदी नुवाकोट जिल्ला हुंदै बिच बिचमा साना साना खोलाहरु समेत मिसिएर आफ्नै गतीमा त्रशुली नदीको नाम बाट वगीरहेकी छिन् । हरेक वर्ष पौष महिनामा पर्ने पौखे औशीका दिन आफ्ना परिवारका सदस्य तथा वुबा आमाको मृत्यु पछि यसै वेत्रावती नदीमा आई छोरा बुहारी,नाती नातिना छोरी ज्वाँईले श्रदापुर्वक श्राद्ध गरी तर्पण दिएमा आफ्ना पृत्रीहरुले मोक्ष पाउने जन विश्वास चलि आएको हुंदा उक्त औंशीका दिन दशकौ हजार भक्तजनहरुको घुईँचो लाग्ने गरेको छ । अर्को कुरा जुनसुकै धार्मिक स्थल गई मृत्यु भएका आफ्ना मान्यजनहरुको नाउमा तर्पण दिन र श्राद्ध गर्नु परेमा पहिला यसै वेत्रावती नदीमा आई श्राद्ध गरेपछी मात्रै अन्यन्त्र धार्मिक तिर्थमा गई तिथी श्राद्ध गरेको पुरा हुनेछ भन्ने धार्मिक मान्यता रहेको ले पनि यस नदी बढी मात्रामा भक्तजनको भिड लाग्ने गरेको हो । हामी नयाँ पुस्ताले पनि सुनेको मात्रै थियौं देखेका भने थिएनौ त्यसैले वास्तविक के रहेछ भनेर हाम्रो यस नारी बाटिका डट्कम टिम यही २०७९को पौषे औंशिका दिन उक्त धार्मिक स्थल वेत्रावती नदीमा गैईयो तर हाम्रा पुर्खाहरुले त्यतिकै भनेका रहेनछन्…….

यस धार्मिक स्थलमा पुगेपछी चिसो हावा अनी प्राकृर्तीक शौदर्यले भरिएको मनै मुग्ध हुने तेहाँको वातावरण अनि जस्को मनमा जति पिडा,वेथा भएपनि कलकल वगेकी वेत्रावती,गोसाँईकुण्ग र ३ नदी संगमको छालले मनै आनन्दीत तुल्याउने रहेछ । साँच्चै नै स्वर्गको छेउमा पाईला टेकेको भान हुन गयो । हजारौ हजार भक्तजनहरु बडो श्रद्धा र भक्ति पुर्वक आ आफ्ना पृतृको नाउमा श्राद्ध गरी तर्पण दिएको दृश्र्य देखिन्थ्यो साथमा यो छोटो भिडियो सहित ……………….

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस