
बुटवल ७ असार ।
बुटवलको मिलनचोकमा सन्चालित डेल्टा मार्टमा भीषण आगलागी भएको छ । बिहिबार साँझपख लागेको आगो निभाउने प्रयास भएतापनि निकैबेरसम्म आगो नियन्त्रणमा लिन समस्या परेको थियो ।
आगो नियन्त्रणको लागी बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाउन सफल भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनु भयो ।
उक्त आगोलागी कसरी भयो ? साथै आगलागीबाट के कति क्षति भयो भन्ने सम्वन्धमा विस्तृत बिवरण आउन बाँकी रहेको जनाईएको छ












प्रतिक्रिया दिनुहोस