आज:  | Sat, 27, Jul, 2024

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरी सहित हल्का वर्षाको सम्भावना

९ जेष्ठ २०८१, बुधबार ०८:४० मा प्रकाशित ( २ महिना अघि) २४७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ९ जेठ ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण मौसम फेरवदली भैरहेको छ । जसको प्रभावले आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार (आज) दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही रहने छ। कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमालका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। साथै यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै भोलि (बिहिबार)कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस