आज:  | Sat, 27, Apr, 2024

धादिङको धुनिवेशीमा मानिस मृत अवस्थामा भेटियो

२५ भाद्र २०८०, सोमबार २०:०८ मा प्रकाशित ( ७ महिना अघि) ४१५७ पाठक संख्या
नारी बाटिका


धादिङ, २५ भदौ ।

धादिङको धुनिवेशी नगरपालिका ३ मा मानिस मृत अवस्थामा फेला परेको छ । शोमबार धुनिवेशी नगरपालिका ३ मा अं. १ः ३० बजेको समयमा धुनिवेशी चण्डि स्थितमा रहेको त्रिकोटेश्वरी माहादेव मन्दिरको पुजारी ऐ.बस्ने रणदेव पांण्डेको छोरा वर्ष १९ को रिजन पांण्डे यही भदौ २३ गते अं.९ बजेको समयमा घरबाट निस्केका थिए ।

रिजन हालसम्म पनि  कसैको सम्पर्कमा नआएपछि स्थानिय वासीहरुले खोजतलास  गर्ने  क्रममा सोहि मन्दिर पाटिको माथील्लो तलामा मृत अवस्थामा फेला परेको हो ।

उक्त मन्दिरको पाटीमा मानिस मृत अबस्थामा भेटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिवनपुरबाट प्र.स.नि.र ईलाका प्रहरी कार्यलय खानिखोलाबाट प्र.स.नी  देवेन्द्र वहादुर शाहको कमाण्डमा मुचुल्का सहितको टोली खटी गएको, थियो ।

साथै घटना स्थलमा लॉश जाँच मुचुल्का लगायतका अनुसन्धानका कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा डिएसपी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%२%८२%३%

प्रतिक्रिया दिनुहोस