आज:  | Thu, 25, Apr, 2024

फलामको चिउरा सरी हुनेछ दाहाल लाई तेस्रो पटकको प्रधानमंन्त्रिको पदभार ।

१२ पुष २०७९, मंगलवार १९:५८ मा प्रकाशित ( १ साल अघि) १९० पाठक संख्या
नारी बाटिका



काठमाण्डौ — २०७९ पौष १२

संसदको पहिलो पार्टी नेपाली काँगे्रसको नेतृत्वमा केन्द्र देखी सातै प्रदेशमा सरकार बन्ने लगभग पक्का पक्की भैरहेको अबस्थामा अचम्मित तरिकाले सातदलिय गठवन्धनमा शोमवार नयाँ सरकारको निर्माण भएको छ । धेरैले कल्पना सम्म गर्न नसकेका,हिजो सम्म पानी वारावारका नेकपा एमाले अध्यक्ष केपी शर्मा वली र माओवादी अध्यक्ष प्रचण्ड बिच क्षणभरमा यति ठुलो समझदारी हुन सक्ला भनेर कल्पना गर्ने त कुरै भएन राजनितिमा असम्भव भन्ने कुरा केही पनि हुन्न रहेछ भन्ने प्रमाणित नै गरिदिएको भएता पनि माओवादी समेतका सात दलको समर्थनमा सरकारको नेतृत्व गर्नु भएका दाहाललाई भने  यस पटकको  प्रधानमन्त्रिको पदभार फलामको चिउरा सरी बन्नेछ भन्ने विश्लेषक हरुको ठम्याई रहेको छ । ताक परे तिवारी नत्र गोतामे भने झैं अन्तिममा आएर केपी शर्मा वलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्रि दिएर दाहालकै नेतृत्वमा नयाँ सरकार गठन गरेका छन् । वलीले कतिवेला पाँच दलिय गठवन्धन भत्काएर चावी आफ्नो पोल्टामा पारी यो पटकको सत्ता आफ्नो हातमा पार्ने भनेर कुरि बसेका थिए । दुई तिहाईको सरकार ढलायर आफ्नै कारणले संसद भंग गरी सकेपछी सर्वोच्च अदालतले नै उहाँको नेतृत्वको सरकारलाई असक्ष्यम सावित गरी पाँच दलिय सहभागितामा शेर बहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गर्ने आदेश दिएको थियो ।
झापामा जन्मिएका राजनितिमा वहुतै चतुरा खेलाडी केपी शर्मा वली कतिवेला कुन अबस्थामा दाउ मार्न सकिन्छ भनि मौका हेरी रहेका वेला,उता प्रति निर्वाचनमा पार्टीको साख घट्दै सिट गुमाउदै गएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आफ्नो पार्टीको भविश्य भन्दा पनि आफ् कसरी सरकारको नेतृत्वमा जाने तयारीमा हुनुहुन्थ्यो । संसदमा पहिलो पार्टी बनेका काँगे्रसका सभापती एव्ं पुर्व प्रधानमन्त्रि शेर बहादुर देउवा आफुलाई सातौं प्रधानमन्त्रि हुन लेखेको ज्वोतिषीको ठोकुवा भविश्य वाणी रहेको मा आफ्नो नेतृत्वमा नै सरकार बन्नु पर्नेमा दउवाले अडान नछोड्ने अवस्थाले पाँच दलिय गठवन्धनमा आफ्नो प्रधानमन्त्रि पाउने भविश्य नदेखेपछी अन्तिम घडीमा मौका छोपेर गठवन्धन भत्काउने दाउमा रहेका वलीको बोलीमा दौडदै वालकोट गई दाहाल एमालेका शरणमा परेपछी राष्ट्रपतिले दिएको पहिलो समय सीमाभित्रै आइतबार नयाँ प्रधानमन्त्री बन्न सफल भएका हुन् । । राजनीतिक समीकरणले ‘हरेक सम्भावनाको खेल’ खेलेपछि संसद्को तेस्रो दलका नेता पुष्पकमल दाहालले तेस्रै पटक ।सत्ताको नेतृत्व गर्ने पाएका हुन् ।
तत्कालीन गठवन्धन सरकारको स्वेच्छाचारी रुपमा व्यक्तिगत स्वार्थ र सिद्धान्तका आधारमा जन्मिएको कांग्रेस–माओवादी लगायतको गठबन्धन सत्ताको गणितिय अंकमा जोड घटाउ नमिल्दा भत्किएर एमाले–माओवादी सहितको स साना टुक्रे सातदलिय सम्लीत भई नयाँ सत्ता गठबन्धन सरकार आएको हो । विगतमा तिनै नेताहरुबिच पानी वारावारको अवस्थामा साडे २ वर्ष तथा आलोपालोमा सरकारको तेतृत्व गर्ने सहमतीमा रहेका वली दाहालको सम्वन्ध र चोसो मोसो भने कहिले सम्म र कहाँ सम्म पुग्न सक्ने हो भन्ने कुनै टुंगो छैन । नानी देखी लागेको वानी कतिवेला एमाले बाट लप्सीको दाना चिप्लीए झैं माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल चिप्लिन पुग्छन् भन्ने राजनितिक विज्ञहरुको विश्लेषण रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस