आज: २०८३ आश्विन २४, शनिबार | Sat, 10, Oct, 2026

धदिङको गलौदीमा सडक भासिँयो, मुग्लिङ-काठमाडौँ सडक पुर्ण रुपमा अवरुद्ध

२०८३ आश्विन २४, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम

धादिङ,२४ असोज ।

धादिङको गजुरी गाउँपालिका –५ गलौदीस्थित सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बन्द भएको छ ।

शुक्रबार साँझ गजुरीको गलौदी सडकखण्डमा भासिँएको सडक तत्काल बन्न सक्ने अवस्था नदेएपछि पृथ्वीराजमार्ग हुंदै आवतजावत गर्ने सवारीसाधन संन्चालनमा समस्या आएको हो ।

उता सुक्रबार दिउँसोको समयमा गल्छी गाउपालिका गल्छीमा ग्यास बोकेको भारतीय बुलेट दुर्घटना भई पृथ्वीराजमार्ग अवरुद्ध भएको थियो । तर उक्त दुर्घटना भएको बुलेट निकालिएपछी सो सडकखण्ड खुलेको छ ।

प्रहरीको अनुसार सडक भासिँदा दुईतर्फी नै सडक अवरुद्ध भएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑