आज:  | Tue, 23, Apr, 2024

माघेसक्रान्तीको दिन मैदीकोटमा सास्कृतिक उत्सव तथा गोरु जुधाई कार्यक्रम हुने

२० पुष २०७९, बुधबार १९:५४ मा प्रकाशित ( १ साल अघि) ४१५ पाठक संख्या
नारी बाटिका



धादिङ पुस २० ।

धादिङ जिल्ला ज्वालामुखी गाउपालिका ३ स्थित मैदीकोटमा खड्गदेवी सास्कृतिक तथा गोरु जुधाई कार्यक्रम हुने भएको छ ।
माघेसक्रान्तीको अवसर पारेर खड्गदेवी सास्कृतिक उत्सव गर्न लागिएको हो । तेस्तै विगतमा हरेक वर्षको माघेसक्रान्तीको दिन व्रिहत गोरु जुधाई कार्यक्रम गरेर नेपालभर परिचित रहेको नुवाकोटको तारुका वुधसिङ, धादिङको धुवाँकोट रहेकोमा यस वर्षदेखी ज्वालामुखी गाउपालिका ३ स्थित मैदीकोटमा गोरु जुधाउने र साथमा सास्कृतिक कार्यक्रम पनि हुने आयोजकले जानकारी गराएको छ । मैदीकोट खड्गदेवी मन्दिर संरक्षण समितिको आयोजनामा यहि पुस ३० गते देखि माघ १ गते सम्म बृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको जानकारी गराएको हो ।
पृथ्वीनारायण शाहको ब्रतबन्ध स्थल ऐतिहासिक मैदिकोट मन्दिरको प्रसार प्रसार तथा पर्यटन प्रवर्धनका लागी पनि प्रचार प्रशार होस् भन्ने मुख्य लक्षका साथ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने र गोरु जुधाई प्रतियोगिता कार्यक्रम गर्ने तयारी भैरहेको मैदीकोट खड्गदेवी मन्दिर संरक्षण प्रचार प्रसार समितिका राजेन्द्र श्रेष्ठले जानकारी गराउनु भएको छ ।
गोरु जुधाई कार्यक्रममा सहभागिताको लागी पौष २९ गते सम्म गोरु र गोरु धनीको नाम दर्ता गराई सक्नु पर्ने छ भने प्रथम हुने गोरुलाई उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजक समितीले जानकारी गराएका छन् ।
ज्वालामुखी गाउपालिकाको आर्थिक सहयोग तथा खड्गदेवी मैदी युवा क्लवको सह आयोजनामा कार्यक्रम संचालन हुन लागेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस