आज: २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026

नयाँ वर्षको दिन,आजको मौसम सम्वन्धि जानकारी

२०८३ बैशाख १, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१ वैशाख ।
हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित हिमाली भूभागमा साधारणतया बादल लागेको छ।

अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहेने छ भने तराईका भुभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज नयाँ वर्षको दिनको मौसम, पहाडी र हिमाली भुभाग केही फेरबदल हुने सम्भावना छ। आज कोशी प्रदेशका पहाडी क्षेत्र र हिमाली भेगमा दिउँसोतिर बादल लाग्ने र केही स्थानमा मौसम बदली हुनेछ।

अन्य पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने भए पनि तराईमा भने घाम लाग्ने र मौसम खुला रहने महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस