आज: २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026

आज नेपाली नयाँ वर्ष अर्थात २०८३ को पहिलो दिन,”नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना”

२०८३ बैशाख १, मंगलबार मा प्रकाशित ( ४ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१ वैशाख ।

आज नेपाली नयाँ वर्षको पहिलो दिन । आजैबाट नयाँ काम र नयाँ दिनको शुरुवात हुने दिनको रुपमा लिईन्छ । तर सरकारी काम काजमा आर्थिक वर्षको हिसाबले भने आगमी साउन महिनाबाट मात्रै सुरु हुने गर्दछ ।

वौद्धिक तथा धार्मिक व्यक्तित्वहरु भन्छन् , कुनै सोच, विचार, काम, इच्छा तथा आवश्यकताहरु ( नयाँ हुँदै जानु भनेको पुरानोको अनुभव,सुखको दुखको क्षण, सबैलाई आफैले केलायर समयानुसार परिवर्तन हुँदै गएर नै नयाँ शुरुवात हो ।

हरेक मानिसलाई हरेक कुरामा ुनयाँ इच्छा हुन्छ । सवैलाई नयाँ मन पर्दछ । हरेक कुरा नयाँ हुनुपर्ने आजको आधुनिक प्रणालीमा दुनियाँ नै परिवर्तित रुपमा चलोस् भन्ने व्यक्तिको सोचमा पनि आउने गर्दछ ।

यससंगै विक्रम सम्वत् पनि नयाँ भएर आउँदै पुरानो भएर जान्छन् । यसमा पनि अमुर्त समयलाई मान्छेले नै नयाँ र पुरानो भनेर छुट्याइदिएको छ । अर्को तर्फ संसारमा ‘नयाँ’ केहि हुँदैन । नयाँ क्षणिक हुन्छ । तर पनि मानिसहरु नयाँ कै लागि मरिहत्ते गरिरहेका हुन्छन् ।

समय चक्रमा सेकेन्ड,मिनेट,घण्टा, दिन र रातको निराकार गन्ति गरी ३६५ दिनभित्रको परिवेश मानिसले नै तयार गरिएको मानिन्छ । यसरी आउने परिवेश नै हाम्रो विहानी देखी सुरु हुने नयाँ दिन,नयाँ वर्ष बनेर आउँछ र फेरी अर्को नयाँ वर्षको आगमनसँगै यो वर्षपनि पुरानो भएर बिलाउँछ ।

जतिसुकै धार्मिक,वौद्धिक,विद्धान,विषेशज्ञ चमत्कारी भएपनि समयको गतिलाई कसैले बन्धनमा राख्न सकँदैन र मानिसको सोच मात्रै नयाँ हो । यसैलाई अनुसरण गरी निरनतर रुपमा आफ्नै गतिमा वगिरहने समय नयाँ वर्षका रुपमा क्यालेण्डर, पात्रो र पञ्चाङ्गका पानामा कैद भएको मात्रै हो ।

नेपालीको पात्रो अनुसार ३६५ दिनको समय खण्डलाई एक वर्ष मानिदै आएकोछ । यहि एक वर्षको अन्त्य भैइ अर्को नयाँ वर्षको शुरुवात हो । नयाँ वर्ष(२०८३ ) भन्नाले हिन्दु पञ्चाङ्ग पात्रो अनुसारको वर्ष अथवा सम्वत्को सुरुवात आजैबाट भएको छ ।

आजबाट सुरु भएको यो नयाँ वर्षदेखी नै पुराना गल्तीहरु त्याग्ने तथा कमजोरीलाई सच्याएर अघि बढ्ने दिनको शुरुवात पनि हो । नयाँ वर्षलाई एक अर्कामा शुभकामना आदान(प्रदान गर्ने,धार्मिक मठ मन्दिरमा गएर देवी(देवताको दर्शन गर्ने र आफ्ना परिवारका साथमा इष्टमित्र, नातागोता तथा साथिभाईका साथ मिठो मसिनो खाई खुशी हुने दिनको रुपमा लिएको छ ।

विक्रम सम्वत् हिन्दू पञ्चाङ्गमा आधारित प्राचिन पात्रो हो । प्रख्यात राजा विक्रमादित्यले सुरुवात गरेको हुनाले यस पात्रोलाई विक्रम सम्वत् भनिएको हो । नेपालमा विक्रम सम्वतको आधिकारिक प्रयोग भने राणा प्रधानमन्त्री चन्द्रशम्सेरका पालाबाट भएको थियो । हिन्दु परम्परा र वैदिक समयानुसार आधारित यो सौर्य पात्रो हो ।

नेपालीको नयाँ वर्षका रुपमा सुरु हुने यो अङ्ग्रेजी पात्रो भन्दा ५७ वर्ष ८ महिना १५ दिनले छिटो छ । विक्रम सम्वत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात आजकै दिनबाट सुरु हुन्छ । धार्मिक मात्रै नभयर वैज्ञानिक रपमा पनि विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् ।

जव पृथ्वीले सूर्यको एक परिक्रमा पुरा गर्दछ त्यतिबेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मिन राशीबाट पुन मेष राशीमा प्रवेश गर्दछ । यहिबेला नयाँ वर्षको शुरुवात हुन्छ । यसलाई सुर्यको शुन्य अंश पनि भनिन्छ ।

यही नयाँ दिनलाई ,नयाँ जोस् जाँगर ,उत्साह र सकारात्मक सोचहरु अनि नयाँ लक्ष्यहरु तय मानसपटलमा छाएर हाम्रो समाजमा संधै एक अर्काप्रति विस्वास गर्न लायकको दिन बनेर ईमानदारिता र आ आफ्ना कर्तव्यका वोधले आओस् ।

यही हाम्रो पनि नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस