आज:  | Fri, 29, Mar, 2024

सरकार भत्काउने प्रयासमा कांग्रेस नरहेको ः महामन्त्री विश्व प्रकाशशर्माको जानकारी ।

२३ पुष २०७९, शनिबार ११:१८ मा प्रकाशित ( १ साल अघि) २३१ पाठक संख्या
नारी बाटिका


यो सरकार भत्काउने खेलमा नेपाली काँग्रेस लाग्यो भन्ने वजार हल्ला चलिरहेको अवस्थामा वर्तमान गठबन्धन सरकार भत्काउने प्रयासमा नेपाली काँग्ैस नरहेको महामन्त्री शर्माले स्पष्ट पार्नु भएको छ।पौष १० गते चमत्कारी रुपमा नेकपा एमाले लगायतका सातदलिय समिकरणमा पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार निर्वाण भए संगै प्रधानमंन्त्रि दाहालले संसदमा विस्वासको मत लिनै समय बाँकी रहेको छ । काँग्रेसले यो सरकार भत्काउने खेलमा लागेको छ भन्ने जस्ता आरोप लागिरहेको अवस्थामा काँग्रेसका प्रभाशाली युवा नेता महामन्त्री विश्व प्रकाश शर्माले यो कुरा वताउनु भएको हो । संसदको सवै भन्दा ठुलो दल भएर पनि काँगे्रसको नेतृत्वमा सरकार बनाउन नसक्नुमा कतिपय काँगे्रस नेताहरुले भने पाँच दलिय गठवन्धन टुट्नुमा पार्टीका सभापती शेर व.देउवाकै कमजोरीका कारणले हो भनि रहेका छन् । तर बाहिर बाट सरसर्ती हेर्दा यो अवस्था आउनुमा अधिकाँश केन्द्रिय नेताहरुले प्रधानमन्त्रि,राष्ट्रपती र सभामुख समेत आफ्नो पार्टीले पाउने पर्ने अडान राख्नको लागी पार्टी सभापतीलाई दवाव दिएकै कारण देउवाले पार्टीको सल्लाह विपरित माओवादी अध्यक्ष पुष्पकमल दाहालबिच सम्झौता गर्न नसकिएकोले विगतका सम्झौतालाई आफ्नो स्वार्थको लागी एक्कासी तोडेर दाहाल एमाले अध्यक्ष केपी शर्मा वलीबिच सहमती गर्न पुगेका हन् भन्ने प्रश्ट बुझ्न सकिन्छ भनिरहेका छन् । तर जव राती बुढी ताती भनेझै मंंसिरको निर्वाचानमा संसदमा पहिलो पार्टी भएर पनि सरकार चलाउन नपाएको नेपाली कांग्रेसले यति पुस १० को घटनालाई गम्भिर रुपमा लिई पाटीभित्र छलफल तिव्र बनाएको छ ।
शुक्रबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठक पछि महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको बताउनु भएको छ ।
शर्मा भन्नु हुन्छ कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समीकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आम नागरिकहरुमा आग्रह समेत गर्नु भएको छ । कांग्रेसले अब जिम्मेवार र सालिन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पार्नु भएको छ ।
बैठकमा शनिबार बस्ने संसदीय दलको बैठक र केहि दिन पछि बस्ने केन्द्रीय कार्य समितिको बैठकका समसामयिक विषयमा छलफल भएको जानकारी दिनु भयो । यस अघि भएका कमी कमजोरीलाई सच्चाएर पार्टीभित्र स्वच्छ वहश गर्दै एक भएर र आत्म आलोचना गरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेका उहाँको भनाइ रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस