
नारी बाटिका

काठमायडौ पुस २६
प्रतिनिधि सभाबाट आफूले विश्वासको मत प्राप्त गर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु विश्वस्त रहेको बताउनु भएको छ ।
प्रतिनिधिसभामा बसेको पहिलो बैठक पछि बाहिरिने क्रममा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले भन्नु भयो ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिंगै ‘हाउस’ नै मलाई विश्वासको मत दिनको लागी सिंगै ‘हाउस मेरा पक्षमा उभिने छन् भन्नेमा म ढुक्क छु ।
प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकमा सान्तपूर्ण वातावरणमा स्वतन्त्र पार्टी लगायत सबै पार्टीका सांसदले आ–आफ्नो धारणा राखेका उल्लेख गर्दै उहाँले नयाँ र सान्त अवस्थाको थालनी गर्नुपर्छ भन्नेमा सबै सांसदबाट प्रतिबद्धता आएको बताउनु भएको छ। ‘यतिवेला हाम्रो अगाडि विद्यमान समस्या र चुनौतीहरु छन् यस विद्यमान समस्या समाधान गर्न सबै मिलेर एकजुट भई जानुपर्छ भन्नेमा सबैको चहाना व्यक्त भएको छ,’ त्येसैले आज महिले सवै दलका सांसदहरुबाट विश्वासको मत पाउने छु भन्नेमा उहाँको दावी समेत रहेको छ ।








प्रतिक्रिया दिनुहोस