आज:  | Thu, 28, Mar, 2024

बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक माघ २२ मा हुने ।

१८ माघ २०७९, बुधबार १८:३३ मा प्रकाशित ( १ साल अघि) ३३८ पाठक संख्या
नारी बाटिका


बागमती प्रदेश, माघ १८

वागमती प्रदेशसमा मन्त्रालयको संख्या कति राख्ने वा भईरहेको मंन्त्रालयको संख्या घटायर जाने भन्ने विषयमा विज्ञहरुको सुझाव सहितको प्रतिवेदन यस नै आईसकेको छ भने पहिलो बैठकमा यस विषयले चर्चा पाएको थियो । त्यसैगरी प्रदेशभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजे बस्ने भएकोले सम्वधित सदस्यहलाई बैठकका लागि आह्वान गरिएको जनाएको छ ।

प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नु भएपछि स्थगित भएको थियो ।
उक्त बैठकमा छलफल र निर्णय हुन बाँकी विषयहरु पनि यस बैठकमा समेटिने गरी बैठक बस्न लागिएको मंन्त्रालयले जनाएको हो ।

प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी पार्टी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी जम्मा एक सय १० जना प्रदेशसभाका सदस्यहरु रहनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस