आज:  | Fri, 26, Apr, 2024

मिडिया विधेयकलाई तत्काल संसदमा पेश गर्ने तयारीमा छौँ ः सञ्चारमन्त्री रेखा शर्मा ।

२३ माघ २०७९, सोमबार १६:०७ मा प्रकाशित ( १ साल अघि) ३९३ पाठक संख्या
नारी बाटिका


शोमवार माघ २३ काठमाण्डौ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले मिडिया विधेयकलाई तत्काल संसदमा पेश गर्ने तयारीमा रहेको बताउनु भएको छ ।

सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको कार्यक्रममा बोल्दै मन्त्री शर्माले भन्नु भयो संसदमा पेस गर्न बाँकी रहेको मिडिया विधेयक लाई तत्काल सरकारले अगाडि बढाउने योजनामा समावेश भएको बताउनु भएको हो ।

शर्मा भन्नु हुन्छ त्यसका लार्गि सरोकारवाला निकायहरू संग सरकारलाई दिनुपर्ने आवश्यक सल्लाह सुझावहरू केही छन् भने तत्काल मन्त्रालयलाई दिन पनि अनुरोध गर्नु भएको छ।

विगतमा निर्माण भएका आमसञ्चार संन्चालन सम्वन्धी कानुनहरू अधिकांश परिमार्जन गर्नु पर्ने अबस्था भएकाले वर्तमान परिवेश र अवस्थालाई मध्यनजर गरी संशोधन गर्न आवश्यक रहेकोले यस विषयमा हामी सकारात्मक रहेका छौं ः भन्नु भएको छ ।

उहाँ थप्दै भन्नु हुन्छ आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानुन बनाउँदा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर मात्रै अगाडि बढ्न सरकार तयार रहेको छ ।

देशमा राजनीतिक स्वरुप परिवर्तन हुनमा पत्रकारिता क्षेत्र अभिन्न अंगका रूपमा जोडिएर नागरिकलाई सुसुचित गर्ने कार्य गरिएकोले राजनीति र संन्चार माध्यमबिचको सहकार्यले मात्रै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा व्यक्त गर्नु भएको थियो।

आमसंन्चार क्षेत्र सकारात्मक हुँदा मात्रै देशमा राजनितिक परिवर्तन सम्भव भहेकोले मिडिया र सरकार सकारात्मक रूपमा जोडिएर अगाडि बढ्नुपर्ने कुरा वताउनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस