आज:  | Sat, 20, Apr, 2024

लुम्बिनी प्रदेशकी माओवादी पाटीै केन्द्रको बलियो खम्वा पूर्वमन्त्री बिमला कुमारी खत्रीद्धारा पार्टी परित्याग ।

१ फाल्गुन २०७९, सोमबार १८:५२ मा प्रकाशित ( १ साल अघि) ४१४ पाठक संख्या
नारी बाटिका


फागुन १ दाङ,
नारी वाटिका समचारदाता

लुम्बिनी प्रदेशकी माओवादी पाटीै केन्द्रको बलियो खम्वा पूर्वमन्त्री बिमला कुमारी खत्रीद्धारा पार्टी परित्याग ।

पूर्व स्वास्थ्य राज्यमन्त्री लुम्बिनी प्रदेशकी बिमला कुमारी खत्री वलीले माओवादी केन्द्र मार्टी परित्याग गर्नु भएको छ । उहाँले माघ २४ मा माओवादी केन्द्र जिल्ला कमिटी दाङका अध्यक्ष सुवास पुन समक्ष राजीनामा बुझाउनु भएको थियो ।

उहाँले लुम्बिनी प्रदेशमा माओवादीको नेतृत्वमा सरकार बनाउन आफूले ठूलो भूमिका खेलेको तर अन्त्यमा पार्टीले आफुलाई ‘युज मात्रै गरेको गुनासो गर्नु भएको छ । दाङ ३ (ख)बाट निर्वाचित एमाले प्रदेशसभा सदस्य तथा खत्रीका श्रीमान् उत्तर कुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उनी उप निर्वाचनमा प्रदेशसभा सदस्यको टिकट पाएर विजयी हुनु भएको थियो ।

पछि उहाँले सरकार निर्माणका लागी माओवादी केन्द्रलाई साथ दिएर शंकर पोखरेल नेतृत्वको सरकार ढाल्नमा निकै महत्वपुर्ण भूमिका खेल्नु भएको थियो ।पछि माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि उनी स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् ।

उहाँ राज्यमन्त्री हुँदा तुलसीपुर स्थित एकराज बस्नेतको घरमा एकाएक प्रवेश गरी बस्नेका श्रीमती र बालबालिका माथि हातपात गरेको आरोप लागेको थियो । उक्त आरोप लागेपछी उहाँलाई पार्टीले तत्काल राज्यमन्त्रीबाट राजीनामा दिन लगाएको थियो ।

उहाँले राजीनामा पत्रमा सापटी लिएको पैसा फिर्ता माग्न जाँदा पार्टीले मन्त्रीबाट राजीनामा दिन दवाव दिएको गुनासो समेत गर्नु भएको छ। श्रीमानको भूमिका एमालेमा हुँदा हुँदै पनि आफुले मुटुमाथि ढुंगा राखी माओवादी पार्टी लाई नै रोजी काम गरेको । तर पार्टीले त्यसलाई वेवास्ता गरी आफुलाई भूमिका विहीन बनाएको उहाँले राजीनामा पत्रमा उल्लेख गर्नु भएको छ ।

अफुलाई लामो समयदेखी माओवादी केन्द्र पार्टीले बेवास्ता गरेको र कुनै पनि जिम्मेवारी नदिए कै कारण नेकपा माओवादी केन्द्रको साधारण सदस्यबाट समेत नरहे गरी राजीनामा दिन वाध्य भएको राजीनामा पत्रमा उल्लेख गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस