
नारी बाटिका
धादिङ,३ फागुन ।
लखन थापाको १४६औँ स्मृती दिवसका अवशरमा धादिङबेसीमा दिप प्रज्वलन ।
नेपालका प्रथम सहिद लखन थापाको १४६औँ स्मृती दिवसका अवशरमा धादिङबेसीमा दिप प्रज्वलन गरी मनाईको छ । नेपाल मगर संघ धादिङको आयोजनामा भएको उक्त कार्यक्रममा सहिद लखन थापाको शालिक वरपर सरसफाई गरी भव्यताका साथ मनाइएको हो ।
नीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित लखन थापमा चोकमा रहेको लखन थापाको शालिकमा माल्यार्पण गर्नुको साथै १४६ औं स्मृती दिवस भएकोले १४६ मैनवत्ती वाली दिप प्रज्ववल गरिएको आयोजकले जानकारी गराएको छ ।
सहिद थापाले नेपाली जनतालाई राणा शासनको चर्को शोसण र दमन बाट मुक्ति गर्नका लागी राणा सासनको विरुद्दमा सहिद लखन थापाले आवाज उठाउनु भएको थियो ।
राणा सासनको विरुद्धमा वोलेकै कारण क्रुर, अपराधीक मानसिकता बोकेका राणा सरकारले थापालाई फागुन २ गते कै दिन गोरखा जिल्लाको वुङकोट घाटमा ल्याई मारेको हो ।
जिउँदै झुन्डयायर फाँसी दिएको सम्झनामा नेपाल मगर संघ द्धारा प्रत्येक बर्ष फागुन २ गतेका दिनलाई कालो दिनका रुपमा सम्झना गर्दै, देशै भर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै आईरहेएको आयोजकले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस