आज:  | Wed, 08, May, 2024

पर्वका लागि काठमाडौँ आएका साधुहरु पशुपति क्षेत्रमा मस्तीले गाँजा तान्दै, नियन्त्रणमा सुरक्षा निकायलाई चुनौती ।

६ फाल्गुन २०७९, शनिबार ०८:३३ मा प्रकाशित ( १ साल अघि) २२८ पाठक संख्या
पर्वका लागि काठमाडौँ आएका साधुहरु पशुपति क्षेत्रमा मस्तीले गाँजा तान्दै, नियन्त्रणमा सुरक्षा निकायलाई चुनौती ।
नारी बाटिका


फागुन, ६ काठमाडौं,
नारी वाटिका संवाददाता ।

महाशिवरात्रि पर्व आज देशभरका शिवालय मन्दिरमा विधि पूर्वकभगवान शिवको पूजा, आराधना गरी मनाइँदै छ । पर्वका लागि काठमाडौँ आएका साधुहरु पशुपति क्षेत्रमा मस्तीले गाँजा तान्दै, नियन्त्रणमा सुरक्षा निकायलाई चुनौती थपिएको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा(आराधना गरी आज देशभर मनाउन लागिएको हो ।

पर ब्रह्माले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरी भगवान शिव,संकर,भोले बावा, आदीको नामबाट परिचित भई वागमती किनारमा रहेको पशुपती मन्दिर तथा देशभरमा प्राकृतिक उत्पतीको रुपमा रहेका प्राचिन मठमन्दिरमा भगवान शिवले वास गर्नु भएको भन्ने धार्मिक मान्यता रही आएको छ ।

तेस्तै मध्यरातमा चतुर्दशी तिथि परेकै दिन भगवान शिवको पूजा, आराधना र दर्शन गरे यस लोकमा सुख शान्ति पाई परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँनु हुन्छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु अघिल्लो दिनबाटै चोखो खानेकुरा खाई शुद्ध रही आज बिहानै देखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालय मन्दिरमा गई श्रद्धाभक्ति पूर्वक पूजा–आराधना गर्ने गर्दछन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको रात्रीहरुमा आजको शिवरात्री,कालरात्रि, मोहरात्रि, र सुखरात्रि गरी चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा मनाईने गरिन्छ ।

तेस्तै वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले मान्दै आएका भागवत,विष्णु पुराण,शिव पुराण लगायतका धार्मिक ग्रन्थहरुमा भगवान शिवको महिमा विषेश रुपमा उल्लेख गरिएको छ ।

धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार भगवान शिवलाई विष,भाङ,धतुरो लगायत मन पर्ने भएकोले विषेश गरी पशुपतिका मन्दिरमा बस्ने साधु बाबाहरुले प्रशादको रुपमा लिई गाँजा तान्दै गरेको दृश्र्य प्रसस्त देख्न सकिन्छ ।

तर पछिल्लो समयमा यसको कुलतमा लागेर हजारौं युवा पुस्ताहरु फसिरहेको पाईन्छ भने आगु औषध सेवन र बिक्री वितरणमा लागेर लाखौंका जिवान नै अस्तवेस्त भैसकेको छ । यसलाई लागु औषधको रुपमा प्रयोग भई बिक्री वितरण गर्नेलाई कानुनी रुपमा कडा सजायँको ब्यवस्था गरेको छ

तरपनी पहिल्लो समयका युवा पुस्ताहरु विदेशी संस्कार र अरुको देखासेखीमा लागेर विवाह,वर्तवन्ध,विवाह वर्षगाँठ,जन्मदिन,पास्नी न्वारन,भ्यालेन्टिन्डे आदीको उत्सव मनाउने वहानमा लागु पदार्थ सेवन गरी जथाभावी गर्दै हिड्नाले अपराधिक घटना घट्ने गरेका छन् ।

हिजो आज हाम्रो समाजमा लागु पर्दार्थ,जुवातास,टिक्टक्,तथा सामाजिक संन्जालको गलत रुपमा प्रयोग गरी आफ्ना नातागोता,चिनेजानेका,साथीभाई र नजिकका मानिसहरु बाटै घरेलु हिंसा,लैगिक हिंसा तथा निकै अपराधिक घटनाहरु बडीरहेकाले सुरक्षा निकायलाई यसको नियन्त्रण गर्नमा चुनौती समेत थपिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस