आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

आजको मौसम :पहाड र हिमाली क्षेत्रमा वर्षासहित हिमपातको सम्भावना

२०८३ बैशाख ३, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता

धादिङ -३ वैशाख ।

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।

यसको प्रभावले देशभर मौसममा सामान्य परिवर्तन भएको छ। आजको मौसममा हिमाली क्षेत्रमा बदली र पहाडी भुभागमा आंशिक बादल र तराईमा भने मौसम मुख्यतया सफा रहेको माुेसम पुर्वानुमान महाँशाखाले जनाएको छ।

बिहिबार विहानसम्म कोशी प्रदेशका थोरै पहाडी स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली र हल्का वर्षाको सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस