नारी बाटिका
बिबियु-नारी वाटिका संवाददाता
धादिङ -४ वैशाख।
आज वैशाख कृष्ण पक्ष, मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन आमालाई मिठो मिठो परिकार खुवायर मनाईँदैछ ।
त्यस्तै आमालाई भगवानको श्रद्धापूर्वक पुज्ने गरिन्छ । यस दिन छोराछोरीहरूले जीवित आमालाई मिठो खानेकुरा, उपहार र लुगाफाटो दिएर सम्मान गर्छन् भने, दिवंगत भएका आमाको सम्झनामा मातातीर्थमा गइ वा घरमै श्राद्धादान गरी श्रद्धाञ्जली अर्पण गर्ने गर्छन्।
नौ महिनासम्म आफ्नो गर्वमा राखेर भोक,पियास्,निन्द्रा,व्यक्तिगत सुख सयल नभनी आफ्ना सन्तानलाई छातिमा टाँसेर माया,प्रेम र स्नेहले हेरचाह गरी दशधारा दुध खुवायर जिवन दिने भगवान स्परुप आमाको माया, ममता र योगदानलाई सम्मान गर्ने विशेष मातृ दिवस हो आज ।
जीवित आमा आमालाई विशेष मीठा परिकारहरू (मिष्ठान्न)उहाँलाई मन पर्ने कुराहरु खुवाउने, नयाँ लुगा वा उपहार दिएर आमासंग आफ्ना छोराले आशीर्वाद लिने दिन हो आज । तर नभकाहरुले भने काठमाडौँको थानकोटस्थित मातातीर्थ कुण्डमा स्नान गर्ने र आमाको नाममा पिण्ड दान गरी तर्पण दिने गरिन्छ ।
हिन्दु लगायतका शास्त्रमा पिता भन्दा आमाको स्थान उच्च (जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी) मानिएको हुनाले यो दिन आमाप्रति समर्पित गरिन्छ। यसै अवसरमा सबै आमाहरूमा आफ्ना सन्तान परिवारजनले मायाँ,हेरचाह र श्रद्धाभक्ती राखुन्,बुढेसकालमा उहाँले आफ्नै बालबच्चा र परिवारबाट तिरस्कृत हुन नपरोस् । मातातीर्थ औँसीको हार्दिक मंगलमय शुभकामना व्क्त गर्दछौं ।








प्रतिक्रिया दिनुहोस