आज:  | Fri, 26, Apr, 2024

मुलुकको उपराष्ट्रपति मा रामसहाय प्रसाद यादव निर्वाचित

३ चैत्र २०७९, शुक्रबार १९:१८ मा प्रकाशित ( १ साल अघि) ३१० पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता काठमाडौँ – चैत्र ३ सुक्रवार

आज सुक्रवार सम्पन्न भएको मुलुकको उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । निर्वाचनमा ३० हजार ३२८ मतभार सहित यादव विजयी भएका हुन्।

उनले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत प्राप्त गरे। नव निर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई निर्वाचन आायेगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ।

यादव लाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो । निर्वाचनमा ३० हजार ३२८ मतभार सहित यादव विजयी भएका हुन्। उनले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत प्राप्त गरे।

निर्वाचनको नतिजा घोषणा एवं प्रमाण पत्र प्रदान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ, जसपाका नेताहरु र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरुको उपस्थिति रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस