आज:  | Sun, 19, May, 2024

कोरोना भाइरसको सङ्क्रमणबाट आज पनि एक जनाको मृत्यु

२९ चैत्र २०७९, बुधबार १९:४७ मा प्रकाशित ( १ साल अघि) ३१४ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ , चैत २९ वुधवार ।

कोरोना भाइरसको सङ्क्रमणबाट आज पनि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको मृत्यु भएको हो ।

हिजो मङ्गलबार अर्थात २८ चैत मा पनि एक जनाको निधन भएको थियो । यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना सक्रमण भएकाहरुको उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्कनु भएको छ ।

यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसनमा, ११ जना सघन उपचार कक्ष आइसियुमा तीन जना र भेन्टिलेटरमा उपचारत रहेका छन् । हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण प्रतिदिन बढिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस