
नारी बाटिका
काठमाडौँ जेठ १ शोमवार ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवं् नेकपा) एमाले)का सचिव टोपबहादुर रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न शोमवार प्रहरीलाई अनुमति दिएको छ ।
उनको नाउमा पक्राउ पुर्जी जारी गरिएपछी फरार रहेका रायमाझी काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका थिए । रायमाझीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनु भयो ।
रायमाझीलाई वैशाख २० गते पक्राउ पूर्जी जारी गरिएकामा फरार रहेकाले १२ दिनपछी उनलाई वैशाख ३१ गते बूढानीलकण्ठबाट पक्राउ गरिएको हो । रायमाझीका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो ।
उक्त घटनामा अहिले सम्म पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित प्रहरीले १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । घटनामा एक सय छ जनाले २३ करोड २५ लाख ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।







प्रतिक्रिया दिनुहोस