आज: २०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

आजदेखि मुग्लिङ–नारायणगढ सडक दैनिक रुपमा पाँच घण्टा बन्द हुने

२०८३ मंसिर १३, आईतबार मा प्रकाशित ( ३ मिनेट अघि) ३७३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ १३ मंसिर ।

मुग्लिङ – नारायणगढ सडकखण्डको तुइनखोलामा निरनतरको पहिरो जाने समस्या बढ्दै गएपघी रोकथामको काम अघि बढाइने भएको छ ।

विगतदेखी कहिले सुख्खा त कहिले वर्षायामको झरिले तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको जनाएको छ ।

आजबाट ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित स्थानलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइने डिभिजन कार्यालय भरतपुरको भनाई छ। पहिरो खस्नेक्रम नरोकिएपछी सो को रोकथामका लागी मर्मत सुधारका काम थालिएको हो । सोही कारा आजदेखी आजदेखी सडक दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने जानकारी गराएको छ ।

पहिरोको कारण केही हप्ता अगाडी सम्म सडक अवरुद्ध भइ सवारी आवागमनमा अवरोध हुंदै अमएकोले रोकथामको गर्ने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा मुग्लिङ – नारायणगढ सडकखण्डमा साना ठृुला सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए।

यसका साथै उक्त स्थानमा भिरको माथीबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ र बायोइन्जिनियरिङ प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ।

स्लोपको प्रकृति अनुसार द्वि आयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय प्रयोग गरेर पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि अनुसार काम गर्न लागिएको हो ।

डिभिजन कार्यालय भरतपुरका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने हुन सक्ने बताइएको छ। काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्गका सवारी सञ्चालन भने यथावत रहने चितवन जिल्ला प्रशासनले जनाएको छ।

साथै सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधाको मध्यनजर गरी सोही अनुसार यात्रा व्यवस्थापन गर्न चितवन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑