आज:  | Mon, 06, May, 2024

नारी जागरण केन्द्र धादिङको आयोजनामा संन्चालित ६ दिने समुह ब्यवस्थापन तालिमको दोस्रो चरण आज सम्पन्न

२६ जेष्ठ २०८०, शुक्रबार २०:५७ मा प्रकाशित ( ११ महिना अघि) ७५८ पाठक संख्या
नारी बाटिका


धादिङ २६ जेठ ।

नारी जागरण केन्द्र धादिङको आयोजना तथा निलकण्ठ नगरपालिकाको सहकार्यमा संन्चालित ६ दिने समुह ब्यवस्थापन तालिमको आज ४ औं दिन अर्थात दोस्रो चरण  सम्पन्न भएको छ । पछिल्लो समयमा सहकारीमा नचाहिदा हल्लै हल्लाले निकै समस्या देखिएको छ भने नेपालका केही ससहकारीहरुका संन्चालक,कर्मचारीहरुले सहकारीको मुल्य मान्यता लाई नबुझी अनियमिता गरिदिनाले राम्रा र नियम भित्र रहेर काम गर्ने नितीगत सहकरी हरुमा  छ ।

समुदायका व्यक्तिहरु तथा सहकारी भित्रका सदस्यहरु वास्तविक कुरा नबुझी अनावश्यक हल्लाको पछी लाग्नाले नितिगत रुपमा चलेका राम्रा काम गर्ने ईमान्दार व्यक्तिहरुले नेतृत्व गरेका सहकारी संस्थाहरुमा अशर पारिरहेको देखिन्छ  । साथै सदस्यहरु सहकारीका संन्चालक,कर्मचारी तथा आदीको बारेमा बुझेर मात्रै त्यो सहकारीमा बचत गर्ने हो भने यति समस्या र चुनौती पक्कै देखिइने थिएन होला ।

सदस्यलाई सहकारी र समुहमा बस्दा के कुरामा अवसर र चुनौती हुन्छ साथसाथै समुह ब्यवस्थापन तथा सहकारी पर्वद्धन का बारेमा सचेतना जगाउने मुख्य उदेस्यले ,किसानी समुहका सदस्यहरुका लागी अर्गानिक तरकारी खेती,, वित्तिय साक्षत्तर,घरेलु हिंसा,प्रजनन् स्वास्थ्य,लैंगिक हिंसा न्युनीकरण,सम्बन्धी प्रशिक्षण रही सिप र क्षमता विकासमा दुवै चरणको तालिमका विषयवस्तु केन्द्र्रित रहेको थियो ।

समुह ब्यवस्थापन ६ दिने तालिमको दोस्रो चरण जेठ २५ र २६मा, सिप ज्ञानमुलक विषयवस्तुमा केन्द्रित रही कार्यक्रम अन्तर्गत निलकण्ठ नगरपालिका  स्थित विभिन्न महिला समुहका सदस्यहरु,समुदायका ८५ जना सदस्यहरुको सहभागिता रहेको थियो भने निलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक शिवराना र केन्द्रकी  कार्यकारी निर्देशक भगवती उप्रेतीले सहजीकरण गर्नु भएको हो ।

नारी जागरण केन्द्रको सभाहलमा भएको तालिममा केन्द्रका कर्मचारी, नारी बाटिका डट्कम, नारी विकास महिला सहकारी संस्थाका सदस्यहरु, पन्चकन्या, नि=न.पा.१३,चिसापानी,नि.न.पा.६, ढोडेनी,नि.न।पा.५, श्रृजनशील नि।न।पा।१२,रक्तकाली नि।न।पा।४, सितलबजार, नि.न.पा.३,उद्योमशिल,महिला समुह नि।न.पा.१२,नमुना नि.न.पा.१२,महिला समुह लगायत १७ महिला समुहका प्रतिनिधीहरु समेत लाई स्वास्थ्य संयोजक शिव राना र भगवती उप्रेती, बाट प्रशिक्षण गरिएको हो ।

सरकारी तथा गैर सरकारी संघ संस्थाका कार्यक्रमहरुले समुदायमा समुह गठन गर्ने,चेतनामुलक तालिम दिने जस्ता काम गर्ने,तर समुदायको सिप विकास,आर्थिक बिकास गराउन तर्फ तेती ध्यान दिएको पाईदैन ।

अर्को तर्फ सहकारी सम्वन्धि ज्ञान र चेतना नभइ सहकारी संन्चालन गर्नेहरु,कतिपय संस्थामा कर्मचारी र संन्चालकमा इमान्दारिता नहुने,जस्ता समस्या छ । र अझै प्रमुख समस्या भनेको स्थानिय तहमा सहकारी सम्वन्धि ज्ञान भएका कर्मचारी नहुनाले सहकारी सम्रक्षण र पर्वपद्धन हुन सकेका छैन ।

धेरै बैंक,वित्तिय संस्था,सहकारी संस्था लगायतमा बस्ने कारोवार गर्ने र ऋण तिर्ने बेलामा अशुली नगर्ने समस्याले सहकारीमा निकै चुनौती आईरहेको छ ।

वेला बखतमा अनुगमन,निरिक्षण र मुल्याङक नहुनाले नियम अनुसार चलेका छन् की छैनन्,सही गरेकी गलत गरे भन्ने कुरामा सचेत हुन नसकेको अबस्था देखा परेको छ । यिनै विषयमा समुह र समुदायमा चेतना गाउनु पर्ने भएकोले सिप र ज्ञानमुलक र सिपमुलक कार्यक्रम संन्चालन गरी आत्मनिर्भर बनाउने लक्षका साथ तालिमको आयोजना गरिएको संस्थाका कार्यकारी निर्देशक भगवती उप्रेतीले वताउनु भयो ।

साथै पछिल्लो समयमा सामाजिक संन्जालबाट अपराधिक घटनाहर बढ्दै गएकोले साईवर अपराध र आत्महत्या न्युनीकरण सम्बन्धी सुरक्षा क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण कार्यक्रम गरिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस