आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

आज संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ परे

२०८० जेष्ठ ३१, बुधबार मा प्रकाशित ( २ साल अघि) ५३५८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३१ जेठ ।

नेविसंघका विद्यार्थीहरुले उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेका छन् । नेविसंघका विद्यार्थीहरुले आज संसद भवन अगाडि प्रदर्शन गरेपछी प्रहरीे १२ जना विद्यार्थीका नेतालाई पक्राउ गरेको छ ।

उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका माग राखी बुधबार नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पस सहित उपत्यकाका विभिन्‍न क्याम्पसका नेविसंघ आवद्ध विद्यार्थीहरुले संसद भवन अगाडी प्रदशन गरेपछी प्रहरीद्धारा उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन रोकाया, गगन राज गजुरेल, सुदिप शाह, मन्दिप शाह, उत्सव सुवेदी, मौसम न्यौपाने, रबिन तिवारी, गणेश सार्की, रबिन कार्की लगायतका विद्यार्थीहरु रहेका छन् । अहिले पक्राउ परेकाहरुलाई वानेश्वर प्रहरी वृतमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस