आज:  | Sun, 12, May, 2024

प्रि–मनसुनका समयमा पनि तातो हावाको लहर संगै झाडापखाला फैलिन सक्ने,सतर्क रहन विज्ञहरुको सुझाव

१० असार २०८०, आईतवार १९:५२ मा प्रकाशित ( १0 महिना अघि) ४५८ पाठक संख्या
नारी बाटिका


काठमाडौं  १०  असार ।

यतिवेला वर्षा भइरहेता पनि अत्याधिक गर्मीले मानिसको जिवन अस्तवेस्त भइरहेको अबस्था छ । यस्तै प्रि–मनसुनका समयमा पनि तातो हावाको लहर फैलिन सक्ने भएकोले सतर्क रहन विज्ञहरुको सुझाव दिएका छन् । यस पटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने तर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेती बालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्याना कर्षण गराएको छ । यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदर भन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषत भन्दा बढी हुने अनुमान गरिएको छ ।

यसले गर्दा मनसुनको अवधि भित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्न सक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनु भयो । यसले गर्दा कृषि बालीको उत्पादन कमी हुने जोखिम देखिएको उहाँले बताउनु भयो ।

यस्तै मनसुनका समया पानीजन्य र जीवाणुबाट सङ्क्रमण हुने रोगका कारण धेरैको ज्यान जाने गरेकाले यो समयमा पनि दोहोरिन सक्ने तर्फ पनि सचेत हुन अनुरोध गरिएको छ । विगतमा झाडा पखाला, हैजा, कमलपित्त, श्वनस प्रस्वास सम्बन्धी रोग, कालाजार, डेङ्गु, इन्फ्लुएञ्जा, फ्लुल गायतका रोग देखिएका थिए ।

यस्तै मनसुनका सममयमा हैजा, कालाजार, झाडापखाला तथा सर्पदंशका कारण बर्सेनि करिब पाँच सयको ज्यान जाने गरेको छ । दूषित पानीको प्रयोगले रोग फैलन सक्ने जनाइएको छ । साथै यस वर्ष पनि विभिन्न पानीजन्य रोग देखिन सक्ने तर्फ ध्यानाकर्षण गराइएको छ ।

बाढी, पहिरो, डुबान जस्ता प्रमुख विपद्का घटना सँगै मनसुनका समयमा फैलन सक्ने डेङ्गु, मलेरिया, कालाजार, झाडापखाला, सर्पदंश जस्ता रोग एवं प्रकोपबाट जोगिन तयारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ । मनसुनको सुरुआतमै नेपालको पूर्वी क्षेत्रका जिल्लामा विपद्जन्य घटनाले ठूलो जनधनको क्षति गरेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस