आज:  | Sat, 11, May, 2024

गर्मी मौसम संगै वर्षायाममा हैजा र झाडापखालाबाट बच्न अपनाउनु पर्ने विषेश सावधानीहरु

१६ असार २०८०, शनिबार १६:४२ मा प्रकाशित ( १0 महिना अघि) ३६० पाठक संख्या
नारी बाटिका


धादिङ  १६ असार ।

यतिवला के पहाड के तराई अत्याधिक गर्मी बढीरहेको छ भने वर्षायाम पनि मध्यको हाराहारीमा छ । कुनै प्रदेशमा आँशिक,कुनै प्रदेशका केही स्थानमा मध्य र केही स्थानमा भारी वर्षा भइरहेको अबस्था छ । तर वर्षा भइ रहदा पनि गर्मी पनि उत्तिकै छ । वर्षाको कारण देशभरका साना(तथा ठूला खोलानाला बढेका छन्। यो मौसममा बाढी पहिरोको जति जोखिम हुन्छ त्यतिनै हामीले खाने खानेपानीको मुहानहरू दूषित हुने जोखिम पनि बढी रहन्छ ।

गर्मी बढे संगै वर्षातको मौसममा बाढी पहिरोको कारण खाने पानीको मुहान फोहोर हुने र खानेपानीको पाइपमा दुषित पानी मिसिने गर्छ र त्यही पानी खादा झाडापखाला तथा हैजाको जोखिम उच्च जोखिम हुने भएकोले यो मौसममा हामीले खानेपानीको शुद्धतालाई विशेष ध्यान दिन जरुरी छ ।

खानेपानीलाई सधैं सफा भाँडामा ढाकेर राख्नु पर्दछ र सफा भाँडाले मात्र खानेपानी निकाल्नु पर्दछ । धारा वा कुवाको पानी तेतीकै पिउनु भन्दा पनि उमालेर तथा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउनु पर्दछ ।

विषेश गरी गर्मी मौसममा खानेकुरालाई राम्ररी पकाएर मात्र खाने, बासी,सडेगलेको,झिङ्गा भन्केका खानेकुरा खानाले भमmाडापखाला र हैजाको जोखिम हुन्छ । खाना बनाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यलय छिर्नुअघि, बाहिरी सामान छोएपछि साबुन पानीले राम्ररी हात धोएर मात्रै खाना खाने गर्नु पर्दछ ।

त्यसैगरी जथाभावी दिसा पिसाब गर्नाले दुषित किटाणुहरु बाट रोग फैलाउने गर्दछ र झाडापखाला लाग्ने ,हैजा फैलने जोखिम रहने भएकोले घर वरपरको वातावरण संधै सफा राख्नको लागी ध्यान जरुरी रहन्छ । हैजा तथा झाडापखालाका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस