
असार १७ चितवन
शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड आइतबार साँझ ६ बजेपछि सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोलामा नारायणगढ तर्फको भागमा खसेको पहिरोले अबरुद्ध भएको उक्त सडक पहिरो हटाएपछि आज आइतवार साँझदेखी दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।
शनिबार रातिदेखि सडक खण्डमा पहिरोको कारण अलपत्र परेका गाडीहरु उक्त सडकमा खसेको पहिरो हटाएपछि सडक खुलेसंगै रोकिएका गाडीहरु गन्तव्य तर्फ जान थालेका े जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।












प्रतिक्रिया दिनुहोस