आज:  | Sat, 27, Apr, 2024

मंकीपक्सको जोखिम बड्दै,यस रोग फैलिनुमा यौनकर्मीको प्रमुख भूमिका रहेको ?

२३ असार २०८०, शनिबार ०८:४६ मा प्रकाशित ( ९ महिना अघि) ४८० पाठक संख्या
नारी बाटिका


काठमाडौं,२३ असार ।

यस रोग फैलिनुमा यौनकर्मीको प्रमुख भूमिका रहेको विश्वभरमा फैलिएको मंकीपक्स भाईरसको संक्रमण केही दिन अगाडी नेपालमा पनि पहिलो पटक एक ६० वर्षीया विदेशी महिलामा पुष्टि भएको थयो । नेपाल घुम्न आएकी ति विदेशी महिलामा पहिलो पटक नेपालमा यो रोग देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।

यस रोग बारे हाल सालैको प्रकोप करिब एक वर्षअघि लण्डनमा फेला परेको थियो । त्यस समय यता अहिले सम्म ११० भन्दा बढी देशमा देखिएको मंकीपक्सबाट ८७ हजार भन्दा बढी संक्रमित भएका छन् भने ११२ को मृत्यु समेत भइसकेको जनाइएको छ ।

मंकीपक्सको संक्रमणले शरीरमा घाउ(खटिरा आउने गर्छ । यस्ता घाउ(खटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउँदा उक्त भाइरस एक व्यब्mिदेखि अर्का व्वयक्तिमा सर्ने गर्छ । यस रोगको संक्रमण दर घटाउन विश्व स्वास्थ्य संगठनले सबै देशलाई उचित उपाय अपनाउन आहृवान गरी रहेको छ । नेपालमा संक्रमण फेला परेपछि नेपाल सरकारले पनि आकस्मिक उपायहरू अपनाउन थालेको छ ।

यस मंकीपक्स रोगसँग लड्नका लागी नेपालभर विभिन्न अस्पतालमा रोगको उपचार गर्न डाक्टरहरू परिचालन गरिएको छ । त्यसैगरी लक्षणहरूको बारेमा सल्लाह सुझाव लिनका लागि सर्वसाधारण नागरिकका लागि यी हटलाइन नम्बरहरू पनि १११५ र ११३३ निर्धारण गरी सुचना तथा सन्देश दिने गरिएको छ ।

नयाँ प्रजातीको यो मंकीपक्स अथवा एमपक्स एक भाइरल रोग हो जुन मंकीपक्स भाइरसले गर्दा मानवजाति तथा केही अरू प्राणीमा लाग्ने गर्दछ । यस भाइरसका दुई प्रजाति छन्, क्लेड(वान र क्लेड(टु । यो बिफर गराउने भाइरससँग मिल्दोजुल्दो लक्षण देखिन्छ । यस रोग सन् १९५८ मा बाँदरमा फेला परेको थियो । यो भाइरसको संक्रमण मानिसमा पहिलो पटक सन् १९७० मा भेटिएको हो ।

सन् १९८० मा बिफर उन्मूलन भएर खोप लगाउन बन्द भएपछि अफ्रिकामा विस्तारै मंकीपक्स देखा पर्न थालेको थियो । अफ्रिकाका साना स्तनधारी जनावर जस्तै बाँदर, मुसा, लोखर्केमा यो भाइरस भेटिएको विभिन्न संन्चार माध्यम तथा प्रतिवेदनहरुमा उल्लेख गरिएको छ । सन् २००३ मा अमेरिकामा निर्यात गरिएका जंगली जनावरहरूबाट पनि यस रोगको संक्रमणहरू फैलिएको थियो । उक्त समययता बर्सेनि प्रजातान्त्रिक गणतन्त्र कंगोमा कैयौं संक्रमण भेटिने गरेको
पुष्टी भएको छ ।

सन् २०२२ को मेमा यूरोपबाट सुरु भएको यो महामारी अमेरिका तथा अन्य विभिन्न मुलुकमा फैलिएको छ । यसको कारक भाइरस प्रजाति क्लेड(टु रहेको छ । त्यस्तै सुडानका शरणार्थीहरूमा देखिएको संक्रमण भने क्लेड(वानको कारण रहेको उललेख गरिएको छ ।

कसरी सर्छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंकीपक्सको संक्रमणले शरीरमा घाउ(खटिरा आउने गर्छ । यस्ता घाउ(खटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउँदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ । संक्रमण फैलिने माध्यममा स्पर्श गर्ने, चुम्बन तथा यौन सम्पर्क आदि पर्छन् । त्यस्तै श्वास(प्रश्वासको माध्यमबाट, बोल्दा, खोक्दा पनि एक अर्कामा सर्ने गरेको छ ।

त्यस्तै एउटै सामान तथा शरिरमा लगाउने कपडाको प्रयोग गर्दा पनि यसको संक्रमण हुने सम्भावना रहन्छ । संक्रमित जनावरहरूको मासु खाँदा, शिकार गर्दा, जनावरले टोक्दा वा चिथोर्दा पनि सर्न सक्ने सम्भावना रहेकोले सतर्क रहन स्वास्थ्य विज्ञहरुको सुझाव रहेको छ । अहिलेको महामारी यौन सम्पर्क प्रमुख माध्यम रहेको र यो रोग फैलिनुमा यौनकर्मीको प्रमुख भूमिका रहेको पाइएको अध्ययने पुष्टी गरेको हो ।

अनलाईन बाट साभार गरिएको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस