
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१२ कात्तिक ।
बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात (अर्नब) भारी वर्षाको सम्भावना रहेको छ। जसका कारण मौसमी बदली भई जोखिम बड्न सक्ने सम्भावनाको पुर्वानुमान गरी मौसम पुर्वानुमान महाशाखाले सबैलाई सतर्क रहन अनुरोध गरेको हो ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना हुने मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार दिउँसो कोसी, मधेस, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा र बाँकी थोरै स्थानमा पनि मध्यमसम्मको वर्षासहितको हिमपात हुने सम्भावना छ। मधेस प्रदेश, कोसी र बागमती प्रदेशको पहाडी र तराई भागका केही स्थान,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका अधिकांश स्थानमा बादल लाग्ने, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहितको मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।
आजदेखी आगमी तिन दिनसम्म पश्चिम मध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट हिजो बिहान जमिनमा प्रवेश गरेको थियो।
उक्त चक्रवात ‘अर्नब’ जमिनमाथि प्रवेश गरेको र उत्तर–उत्तरपश्चिम दिशातर्फ क्रमशः कमजोर हुँदै अघि बढेर आज बिहान डीप डिफ्रेसनमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हिजोदेखि नै नेपालको वायुमण्डलमा प्रवेश गरेको ‘अर्नब’को प्रभावले बादल देखिएको छ। आजदेखि सोही प्रभावले क्रमशः बढ्दै जाने सम्भावना रहेको हो ।
देशको वायुमण्डलमा रहेको उक्त ‘अर्नब’आँधीको जोखिम बड्न सक्ने र( पर्सी) शनिबारसम्म देशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने पुर्वानुमान गरी सतर्क रहन विभागले यसअघि पनि सुचना जारी गरको थियो ।
यसैगरी,उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन मौसमविद्को सुझाव छ। साथै दशैं विदाको समयमा घुम्न निस्कीएका स्वदेशी तथा विदेशी पर्यटकहरू उच्च हिमाली भूभागमा नजान र गएको भए पनि यस अवधिमा सुरक्षित ठाउँमा रहन आग्रह गरिएको छ साथै आजबाट चिसो पनि बढ्न सक्ने अनुमान गरिएको छ ।












प्रतिक्रिया दिनुहोस