आज: २०८२ भाद्र ६, शुक्रबार | Fri, 22, Aug, 2025

मौसम अपडेट ; आज यी प्रदेशहरुमा भारी वर्षा हुने संभावना

२०८० अषाढ २५, सोमबार मा प्रकाशित ( २ साल अघि) ३०९१ पटक पढिएको
नारी बाटिका


काठमाडौं,२५ असार ।

मौसम अपडेट , आज यी प्रदेशहरुमा भारी वर्षा हुने संभावना रहेको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ त्येस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

अहिले विहान ७ बजे अगाडी सम्म देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। यस्तै देशका सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

वर्षादको समय र मौसम वदली भैइरहने भएकोले महाशाखाले वर्षाका कारण सडक तथा हवाइ यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रह र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने जनाएको छ।​ हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित देखिएको महाशाखाले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस