आज:  | Sun, 28, Apr, 2024

यसवर्षको साउने सोमबारको व्रत आज असार २५ गते देखिनै नै सुरु हुने

२५ असार २०८०, सोमबार ०८:२१ मा प्रकाशित ( ९ महिना अघि) ४९६ पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं, २५ असार ।

हरेक वर्ष भगवान शिवजिको पुजाआजा र आरधाना गरी मनाइने साउने शोमवारको वर्त यसवर्षको साउने सोमबारे व्रत असारदेखी नै बस्नु भर्ने भएको छ । आउन एक साता बाँकी रहँदा सनातन धर्मावलम्बीले साउने सोमबारको व्रत आजै बाट शुरु गर्दै छन् । साउन महिनामा पहिलो सोमबार १ गते नै परेको छ । त्यसो भएकोले किन आजै बाट वर्त बस्न शुरु गर्ने त ?

हाम्रो जीवन शैलीमा दुई प्रकारका पात्रो चलेका छन्, पहिलो सौरपात्रो, अर्को चान्द्रमान पात्रो। सूर्यको मानअनुसार अर्थात् सूर्य उदयलाई आधार मानेर सौर पात्रो चल्छ भने चन्द्रमालाई आधार मानेर चान्द्र पात्रो चल्छ। चान्द्र पात्रो अनुसार गुरु पूर्णिमाको भोलिपल्ट अर्थात् कृष्ण प्रतिपदामा साउन लागि सकेको छ। यसै अनुसार आजै असार २५ गते बाटै साउनको पहिलो सोमबार हो भनी मानिएको छ ।

पुराणविद् डा. प्रियंवदा काफ्लेका अनुसार सनातन वैदिक धर्ममा चान्द्रमानको पात्रोलाई बढी महत्त्व दिइन्छ। ‘धार्मिक कार्यमा चान्द्र महिना वा दिनलाई प्राथमिकता दिने परम्परा चलिआएको छ’, उहाँ भननु हुन्छ ‘त्यसैले सोमबारको व्रत पनि चान्द्र पात्रो अनुसार नै उपयुक्त हो। ’
.
नेपाल पञ्चांग निर्णायक विकास समितिका धर्मशास्त्रविद् का अनुसार गुरु पूर्णिमादेखि जनैपूर्णिमा सम्मका सोमबार व्रत लिनु पर्ने निर्णय सिन्धु लगायत ग्रन्थमा रहेको बताउँछन् ।

सौरमानलाई मानेर पनि साउने सोमबारको व्रत बस्ने चलन रही आएको छ। नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्व अध्यक्ष तथा धर्मशास्त्रविद् प्रा।डा। रामचन्द्र गौतम बताउँनु हुन्छ ।

यस वर्ष साउनमा अधिक (मल) मास परेको छ । गुरु पूर्णिमाको एक महिनामा आउने जनै पूर्णिमा यो वर्ष दुई महिनामा परेको छ । धर्मशास्त्रविद्हरुका अनुसार सोमबारको व्रत पनि लम्बिने देखिन्छ । शुद्ध श्रावण कृष्ण पक्षमा असार २५ गते तथा शुद्ध श्रावण शुक्ल पक्षमा भदौ ४ र ११ गते सोमबार परेको छ ।

बिचमा अधिकमासमा साउन १, ८, १५, २२ र २९ गते सोमबार परेको छ। चान्द्रमानलाई आधार मानेर व्रत बस्नेले असार २५ गतेदेखि भदौ ११ गते सम्म आठ वटा सोमबारको वर्त बस्नु पर्ने जनाएका छन्। ‘शुद्ध श्रावण कृष्ण पक्षको सोमबार आजदेखी शुरु हुन्छ। शुद्ध शुक्ल पक्षका सोमबार भदौ ४ र ११ मा परेका छन्’,। ‘मलमासमा परेको भनेर साउनका पाँच सोमबारलाई छुटाउन मिल्दैन। त्यसअनुरूप आठ सोमबारको व्रत बस्नु परेको हो ।’

सौरमानअनुसार मनाउनेले भने साउन १ देखि २९ सम्मका पाँचवटा सोमबारको व्रत मात्रै बसे पनि हुनेछ।
साउने सोमबारका दिन भगवान् शिव र उनकी अर्धांगिनी पार्वतीको विशेष पूजा गर्ने परम्परा छ। नेपाल र भारतमा रहेका शिवालयमा यो दिन श्रद्धालुको घुइँचो लाग्ने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस