
नारी बाटिका
तस्वीर ; सामाजिक संन्जालबाट साभार
काठमाडौ, २७ असार २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा.डा.युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिएका थिए ।
लामो समयदेखी बिमारी भई थला पर्नु भएकी उहाँमा पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी।एस।पी।)’ बाट पीडित सीता दाहाल निकै समयदेखि ओछ्यान पर्नु भएको थियो । अहिले भने उहाँलाई हृदयाघातबाट निधन भएको उहाँका निजी चिकित्सक प्रा.डा.युवराज शर्माले जनाएका हुन्।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुग्नु भएको थियो । अन्य विशिष्ट व्यक्तित्वहरु, पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका थिए ।







प्रतिक्रिया दिनुहोस