आज:  | Tue, 14, May, 2024

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव मंगलवार काठमाडौं ल्याईयो

२७ असार २०८०, बुधबार १९:०१ मा प्रकाशित ( १0 महिना अघि) ३८७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ,२७ असार ।

मंगलवार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भए संगै मृतकको खोजी कार्य तिव्रगतीमा भएको थियो ।

उक्त दुर्घटनामा परी पाइलट चेत गुरुङ र अन्य ३ जनाको शव मंगलवार नै हेलिकप्टरमा राखिएको थियाृे । अन्य दुईजनाको शव संकलन गरेर उद्धारमा गएको हेलिकप्टर सम्म ल्याउन केही समय लाग्ने भएकाले मौसम खराबी भए चारजनाको मात्र शव ल्याउने तयारी भइरहेको जनाइएको थियो ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई हेलिकप्टर अवतरण गरी मृतकको उद्धार गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरणका त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव मंगलवार नै भेटिएको जानकारी दिनु भएको थियो । साथै असार २६ गते नै मृतकहरुको शवहरु संकलन गरी काठमाडौं ल्याइएको जनाइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस