
नारी बाटिका
काठमाडौं, २९ असार ।
असार २९ गते हरेक वर्ष आदिकवि भानुभक्तको सम्झनामा अर्थात आज २१०औँ भानुजयन्तीका अवशरमा उहाँका विभिन्न काव्य,लेख,रचनाहरुको स्मरण गरी मनाइदै छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपाली भाषी रहेका स्थानमा विविध कार्यक्रम गरी सुक्रबार २१० औँ भानुजयन्ती मनाइँँदै छ।
आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले दिएका थिए ।
त्यस्तै भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका हुन् । रामायण लगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचनाका कृर्ती नेपाली भाषी माझ लोकप्रिय रहेका छन् ।
कुनै ठाउँमा जाँदा,हिड्दा, बोल्दा अथवा जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनमा रहेको थियो । भानुभक्तको निधन १९२५ मा भएको थियो। भानुजयन्तीको अवसरमा काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठान लगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम पनि गर्दैछन्।
विद्यालय तथा विश्वविद्यालयमा पनि भानुभक्तका रचना पाठ गरिँदै मनाइदै छ। विभिन्न संस्थाले भानुको रचना वाचन प्रतियोगितात्मक कार्यक्रमको समेत आयोजना गरी मनाउदै छन्। नेपाल लगायत भारतमा नेपाली भाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेष किसिमले मनाइने गरिन्छ ।
त्यसैगरी भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशले आज शुक्रबार सार्वजनिक विदा समेत दिएको जनाईएको छ।







प्रतिक्रिया दिनुहोस